
अजित भुजेल
बिरगंज , पौष १३ गते सोमबार ।
प्रकृति सेवा प्रतिष्ठान नेपालले बिरगंजमा कोरोना महामारीको आरम्भ समयको जोखिमपूर्ण घडिमा अग्रपंक्तिमा रहि नारायणी अस्पतालमा स्वाब संकलन गर्नुका साथै कोरोना पिसिआर ल्याबको सन्चालनमा अविस्मरणीय एवम अतुल्य भुमिका निर्वाह गर्नुभएका डा. निरा पाठकलाई एक कार्यक्रम बीच आज सम्मान गरेको छ ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष जसपाल सिंहले डा. निरा पाठकलाई दोसल्ला ओढाउनुको साथै सम्मान- पत्र दिएर सम्मान गर्नु भएको थियो भने बिरगंज उद्योग वाणिज्य संघका महासचिव माधव राजपाल ,प्रतिष्ठानका उपाध्यक्ष अमर गौतम ,सदस्य लालबाबु सिंह ले डा. पाठकलाई फुलको गुच्छा दिएर स्वागत र सम्मान गरेका थिए ।
जयमोद ठाकुर , हेमा थापा मानन्धर , शिवनाथ यादव लगायतको उपस्तिथि रहेको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष जसपाल सिंहले गरेका थिए भने सहजीकरण संचारकर्मी सुरेश बिडारीले गरेका थिए ।




