सदभाव समिति बिरगंजको आयोजनामा भएको साप्ताहिक निसुल्क भोजन कार्यक्रमको आज १३४ औं सप्ताह ।

अजित कुमार भुजेल

बिरगंज , पौष १८ गते शनिबार ।

बिरगंजमा बिगत देखि गरिब , अतिबिपन्न , बेसहारा र काम नपाएर दुई छाक खाना खान मुस्किल भैई रहेकाहरुका लागि सदभाव समिति बिरगंजको आयोजनामा हरेक शनिबार बिहानको खाना निसुल्क बितरण गर्दै आईरहेको छ ।

हरेक शनिबार बिहान ११ बजेसम्म साप्ताहिक निसुल्क भोजन बितरण गर्दै आएको आज १३४ औं सप्ताह भएको संयोजक रमेश जाटियाले बताउनु भयो।हरेक सप्ताह ३ सय जनाले खाना खाने गरेको रमेश जाटियाले जानकारी गराएका थिए ।

भोजनमा भात , दाल , तरकारी , अचार , सलाद भेज खाना खुवाउने गरेको , खानाको लागि अहिलेसम्म कतैबाट सहयोग नआएको र अहिलेसम्म नलिएको सबै खर्च हामी सबै साथीभाईहरु मिलि व्यहोर्दै आईरहेको र जबसम्म पुग्छ तबसम्म हामी निसुल्क खाना बितरण गर्ने कार्यक्रम रहेको समेत बताए
साप्ताहिक निसुल्क भोजनमा आफ्नो अमुल्य समय दिनुहुनेमा रमेश जाटिया, आयुष जाटिया, राज पटेल , अभिषेक हिसरिया, तुषार जाटिया, अनन्त कुमार , बिजय दारुका, सरोज पटेल र सितादेबी जाटिया रहनु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close