
बिरगंज , जेष्ठ १८ गते मंगलवार ।
निम्बस ग्रुपले सहयोग गरेको माक्स र सेनिटाईजर सामुदायिक सेवा केन्द्र छपकैया-२ बिरगंज र राईजिङ्ग बिरगंज नेपालको पहलमा निरन्तर पन्द्रऔ दिन पनि आज मंगलवार माक्स र सेनिटाईजर बितरण गरेको सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी दिनु भयो।
आज बिहान ७:००बजेदेखि ८:०० सम्म १ घन्टा दैनिक माक्स बितरण गर्दै आईरहेको कोषाध्यक्ष प्रेम कुमारी सिंहले बताउनु भयो। बितरण कार्यक्रममा केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराई , वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , सचिव प्रबीण बिक्रम शाह ,सहसचिव मदन प्रसाद गुप्ता , कोषाध्यक्ष प्रेम कुमारी सिंह , सदस्य अजित भुजेल , बिट्टु नेपाली , अब्दुल कैस, अर्शाद कमाल, सीता प्रसाईं , धिरज शर्मा , जेयाउल हक , आरजु खान लगायत प्रहरी हवल्दार र प्रहरी जवान राज कुमार तामाङको सहभागिता रहेको थियो ।




