
काठमाडौं , असार १३ गते आइतबार ।
तीनकुनेस्थित भि.एस. निकेतन स्कुल देखि गणेश मन्दिर पार्क सम्म बाग्मतीको किनारमा घरघरमा गुर्जो हुनुपर्छ भन्ने अभियानमा लागेका गुर्जाे अभियन्ता कमल बहादुर राजलवट द्वारा त्यहाँका ६ वटा उपभाेक्ता समितिलाई गुर्जोको बेर्ना हस्तान्तरण गरि उपभोक्ता समितिहरुको सक्रियतामा ५०० गुर्जाेकाे बेर्ना गुर्जोरोपन गरियो । उक्त कार्यक्रममा ६ वटै उपभाेक्ता समितिका अध्यक्ष लगायत सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । सो कार्यक्रममा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्षको पनि सहभागिता रहेको थियो । उहाँले गुर्जाे महाऔंषधीको संरक्षण र विकास एकदमै आवश्यक छ र यसको संरक्षण गर्न आवश्यक पर्ने जनशक्तिहरु समितिहरुले माग गरेको बखत उपलब्ध गराइने समेत जनाउनु भयो ।
आजको यस कार्यक्रमकाे समन्वय याेग गुरु किशाेर जाेशी तथा वागमती सफाइ अभियानका अभियन्ता प्रर्मिला पौडेलले गर्नुभएको थियो साथै कार्यक्रममा गुर्जाे को बेर्ना लगायत गुर्जो चिया सेवन गराउँदै गुर्जोको चिया प्याकेट तथा गुर्जो सहितकाे धुलाे औषधि समेत सबै सहभागीहरुलाई सेवा गर्यो । आजको कार्यक्रमकाे व्यवस्थापकिय पक्ष हेर्ने समाजिक अभियन्ता राजेश माेहन प्रधानको सक्रिय सहभागिता रहेको थियो ।




