
बिरगंज , साउन ०३ गते आइतबार ।
५९ औं ईन्जिनियर दिवसको अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसन बिरगंज केन्द्रले बिरगंजमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बिरगंज आदर्शनगरस्थित टिबडेबाल धर्मशालामा आज केन्द्रका अध्यक्ष इ. उमेश कुमार गुप्ता रौनियारले रक्तदान गरि रक्तदान कार्यक्रमको उदघाटन गरेका थिए ।
रक्तदान कार्यक्रममा इ. मनोज दास, अन्जनि कुमार खेतान, अनिल साह, मो. दिलसाद एकबाल , सुरज तिमिल्सिना , सुशील चौरसिया, प्रसान्त मण्डल लगायत ३३ जनाले रक्तदान गरेका थिए ।
बिरगंज महानगर पालिकाका मेयर बिजय कुमार सरावगी ,नेपाल रेडक्रस सोसाइटी पर्साका उपसभापति एवम रक्तदान संयोजक मधु राणा, पुर्व सभासद इ. आत्माराम साह , नेपाली काङ्ग्रेसका युवा नेता नवीन सिंह एवम एसोसिएसनका पुर्व अध्यक्षद्वय रागिव हुसेन र लालबाबु चौरसिया लगायत एसोसिएसनका पदाधिकारी सदस्यहरुको उपस्तिथि रहेको थियो ।
आज भएको सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र बिरगंजका प्राबिधिक धिरेन्द्र झाको नेतृत्वको टोलिले रक्तदाताहरुलाइ रक्तदान गर्न सघाएका थिए ।




