
अजित भुजेल
बिरगंज , साउन ०९ गते शनिबार ।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा आदर्शनगरले बिरगंजको अतिव्यस्त क्षेत्रहरुमा स्पिड ब्रेकर लगाएको छ ।
बजार क्षेत्रमा हुने सवारी साधनको तिव्र गतिलाई नियन्त्रण गरी दुर्घटना हुन बाट जोगाउने मद्दत पुग्ने भएकोले समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्पिड ब्रेकर लगाइएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो
बिरगंजको आदर्शनगरस्थित होटेल कैलास चौक , निलाम्बरि चौक , होटेल मकालु चौक र माईस्थान चौकमा ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका कोषाध्यक्ष ज्योती रुङ्ग्टाको सौजन्यबाट आज शनिबार ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्र अगाडीको सडकमा प्रमुख अतिथि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको उपस्थितीमा स्पिड ब्रेकर जडान गरिएको थियो ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका कार्यवाहक प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी नायव निरीक्षक बसन्त नेपाल , व्यवस्थीत बिरगंज अभियानका संयोजक दिलिप राज कार्की , नेपाल पत्रकार महासघ पर्साका उपाध्यक्ष युवराज खड्का , सन्चारकर्मी सन्तोषमान रन्जितकार , केन्द्रका उपाध्यक्ष सन्जय शर्मा , कोषाध्यक्ष सुरेश रुङ्ग्टा , सदस्य मुकेश खेतान, त्रिलोक चन्द दारुका , रतन टेमानी , सन्जिव शर्मा , कृष्ण खेतान, मिहिर अग्रबाल , आर्यन धुर्का लगायत स्थानीयकोहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।






