
नेपाली कांग्रेसको वडा तहको अधिवेशन स्थगित भएको छ। साउन १२ गतेदेखि वडास्तरीय अधिवेशन गर्ने कांग्रेसको कार्यसूची थियो।
शनिबार कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वडा अधिवेशन स्थगित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
क्रियाशील सदस्यता वितरणमा विवाद भएपछि निर्धारित मितिमा वडा अधिवेशन गर्न नसकिएको उनले बताए।
क्रियाशील सदस्यताको छानविन प्रतिवेदन साउन १२ मा पेश हुँदैछ। छानविन समिति संयोजक रमेश लेखकले प्रतिवेदन पेश गरेपछि मात्रै अधिवेशनको टुंगो लाग्ने शर्माले बताए।
‘प्रतिवेदन पेश भएपछि नयाँ मिति तोकिन्छ, तर वडाको अधिवेशन पर सर्दा सबै तहलाई प्रभावित पार्न सक्छ,’ शर्माले भने।
कांग्रेसको महाधिवेशन भदौ १६ गतेदेखि तोकिएको छ। त्यसलाई प्रभावित नपार्ने गरी नयाँ मिति तोकिने शर्माले बताए। setopati
आफ्नो प्रतिक्रिया दिनुहोस




