हिमपात र चिसोबाट जाेखिममा परेकाहरूलाई सहयोग गर्न पालिकाहरूलाई मन्त्रालयको निर्देशन

काठमाण्डाै – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिमाली र उच्च पहाडी जिल्लामा हिमपात तथा तराईमा शीतलहरले मानव जीवनमा जोखिम बढाएकाले तत्काल राहत र उचित प्रबन्ध गर्न सात सय ५३ वटै पालिकालाई निर्देशन दिएको छ ।

मन्त्रालयले सबै पालिकालाई आज बुधवार परिपत्र गरेर हिमपात तथा शितलहरबाट जोखिममा परेकाहरूका लागि सहयोग गर्न भनेको हो । परिपत्रमा चिसो मौसममा असहाय तथा विपन्न, जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी लगायतका व्यक्तिहरूको सुरक्षाको आवश्यकताअनुसार खाद्यन्न तथा लत्ताकपडा वितरण गर्न, दाउरा तथा कम्बलकाे भण्डारण गर्न तथा वितरण गर्न भनिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close