युथ काङ्ग्रेस नेपाल प्रदेश न २ ले सङ्गठन विस्तार ग¥यो

युथ काङ्ग्रेस नेपाल प्रदेश न २ ले सङ्गठन विस्तार गरेको छ ।
रौतहट जिल्लाको लागि मनोज कुमार साह र सिरहाको लागि चन्द्र यादवलाई संयोजकमा नियुक्त गरिएको छ।

युथ काङ्ग्रेस नेपालले लोकतान्त्रिक समाजवादका सिद्धान्तहरूको असफल पुराना अभ्यासहरूको परिवर्तनका सवालमा वकालत गर्दै विधिको शासन,राष्ट्रियता , प्रगतिशिलता , स्वतन्त्रता तथा संविधानद्वारा प्रदत्त समानताको हकलाई प्रश्रय दिने लक्ष्य साथ् विगत ३ बर्ष देखि युवा राजनीति र लोकतन्त्र सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

यस संस्थाले देशव्यापी रुपमा उच्च अध्ययन गरि सामाजिक क्षेत्रमा सेवा गर्दै आइरहेको र नेपालमा लोकतान्त्रिक विचारधारा प्रति आस्था राख्ने युवाहरुको संगठन निर्माण गर्दैछ। यस संस्थाको हालको कार्यक्रमहरुमा राजनीतिक शिक्षा (पोलिटिकल लिट्रेसि), संगठन र युवाहरुको राजनैतिक क्षमता अभिवृर्दि तथा देशव्यापी रुपमा विधिको शासन तथा लोकतान्त्रिक पद्धती निर्माणका लागि अभियानहरु संचालन गर्ने लक्ष्य राखिएको छ।

युथ कांग्रेश नेपाल प्रदेश न २ मा नियुक्त भएका हालका युवाहरु कानुन र आइटी पढेर सामजिक कार्यहरुमा संग्लन रहेको छ। नव नियुक्तहरुलाई स्वागत गर्दै युथ कांग्रेस नेपालका प्रदेश संयोजक रमेश कुमार राजले भने हाम्रो पुर्खा लोकतनत्रका लागि लडे,हामी लोकतनत्रलाई जीवनशैली बनाउन लड्दैछौं।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close