
वीरगञ्ज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाबाट राजश्व सम्बन्धी फाइल नियन्त्रणमा लिएको छ। अख्तियारको हेटौँडा कार्यालयबाट आएको टोलीले महानगरको राजश्व शाखाको फाइल नियन्त्रणमा लिएको हो।
महानगरपालिकाविरुद्ध परेको उजुरीको लागि अख्तियारले राजश्व सम्बन्धी फाइल माग गरेको थियो। महानगरले फाइल नदिएपछि अख्तियारको टोली आफै गएर फाइल नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका उपसचिव एवं सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए।
सो क्रममा वडा नम्बर १४ को फाइलसमेत लगिएको उनले बताए।
‘हामीले उजुरीको आधारमा पटक–पटक सम्बन्धित फाइल माग गर्दै पत्र पठाएका थियौँ,’ उनले भने, ‘नदिएपछि आज आफै गएर टोलीले फाइल नियन्त्रणमा लिएर आएको हो।’
उजुरीकर्ताको पटक–पटकको अनुरोधलाई ध्यानमा राख्दै फाइल नियन्त्रणमा लिएको सापकोटाले बताए। deshsanchar
आफ्नो प्रतिक्रिया दिनुहोस




