जल तथा मौसम बिज्ञान बिभाग द्वारा यस क्षेत्रमा `अलर्ट´ जारी

घनश्याम यादव /कपिलवस्तु भदो १३

जल तथा मौसम विज्ञान विभागले यस कपिलवस्तु क्षेत्रका सर्वसाधारणका जनताका लागि ‘अर्लट’ जारी गरेको छ । पछिल्लो ६ घण्टामा कपिलबस्तु जिल्लाको बाणगंगा स्थित बर्षामापन केन्द्रमा भारी बर्षामापन भएको छ !

यस क्षेत्र थप भारी बर्षा हुने सम्भावना पूर्वानुमान रहेको छ , यस क्षेत्रमा भित्र बासोबास गर्ने सर्वसाधारण जनता लागि सावधान रहने जल तथा मौसम बिज्ञान बिभाग ले सूचना जारी गरेको हो ।

यस कपिलवस्तुको क्षेत्रमा राति देखि नै भारी मात्रामा अविरल बर्षाको अवस्था जारी रहेको छ!

जल तथा मौसम विज्ञान विभागका अनुसार बाणगंगा, गुडुङ लगायतका स-साना नदीहरुमा आकस्मिक बाढी आउन सम्भावना रहेको छ ! बाढीको कारणले तटीय क्षेत्र डुबान भइरहने खतरा रहेको छ । यस क्षेत्रका बासीहरुलाई उच्च सतर्कता अपनाउन विभागको अनुरोध रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close