गुणस्तरहिन घ्यू उत्पादन गर्ने राजेश राय पक्राउ ।

बिरगंज , पुष २२ गते शुक्रबार ।

बिरगंजमा गुणस्तरहिन घ्यू उत्पादन गर्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
यस अघि पनि बिरगंजका विभिन्न ठाउमा मिसावट गरि गुणस्तरहिन घ्यू उत्पादन गर्नेलाई पक्राउ गरे पनि कुनै कार्वाही नगरी छाडिएकोले त्यस्ता गुणस्तरहिन घ्यू बनाउन नडराउने र कम लागतमा बढी नाफा हुने भएकोले यो पेशा छाडन नसकिने व्यापारी बताउछन् ।

त्यसैगरि आज पर्सा प्रहरीले विशेष सूचनाको आधारमा बिरगंज महानगर पालिका वड्दा न.१६ स्थित आफ्नै घरमा जिल्ला सर्लाही बिष्णु गापा वडान.८ बत्रोल गाउ बस्ने राम नारायण रायको छोरा बर्ष ४४ को राजेश कुमार रायले संचालन गरेको श्री गणपति रिपैकिङ उद्योग , गणपति पुजा सामग्री रिपैकिङबाट मिसावट गरि तयार पारिएको २० केजिको तौलमा प्याकिङ गरिएका डाल्डा घ्यू जम्मा २२६० लिटर विभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घ्यू ६१३ लि. घ्यूहरु बरामद गरि नापतौल गुणस्तरिय कार्यालय तेजारथटोल बिरगंज पर्सा तथा जिल्ला प्रशासन कार्यालय पर्सा सङ समन्वय गरि थप अनुसन्धान कार्य भैइ रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close