सर्वोत्तम स्टिल उद्योगमा भएको बिस्फोटमा घाइते भएका मध्ये पाँचजनाको मृत्यु

वीरगञ्ज महानगरपालिका–२२ स्थित सर्वोत्तम स्टिल उद्योगमा गएको भदौ १० गते भएको बिस्फोटमा घाइते भएका मध्ये पाँचजनाको ज्यान गएको छ ।

गम्भीर घाइते भएका ६ मध्ये पाँचजनाको उपचारको क्रममा भारतको पटनामा मृत्युु भएको पर्साका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

पटना उपचारको क्रममा भारत उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, उत्तर प्रदेश लखनउका ३७ वर्षीय मानस परिदा, ३० वर्षीय रामपुकार यादव, भारत बिहारका ५२ वर्षीय विनोद पाण्डे र बिहारकै २७ वर्षीय गगन नायक बिहारीको मृत्यु भएको हो ।

भदौ १० गते फलाम गलाउने भट्टी पड्किएर उद्योगमा कार्यरत १५ जना मजदुर घाइते भएका थिए । ती मध्ये १४ जना भारतीय र एकजना बाराको जितपुर सिमरा उपमहानगरपालिका हुन् । ६ जना गम्भीर घाइतेलाई सोही दिन भारत बिहारको पटना लगिएको थियो। deshsanchar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close