
श्री रामचरन साह पन्नालाल माध्यमिक बिधालय बिरगंज आदर्शनगर को १२ औ वार्षिक पुरस्कार विवरण कार्यक्रम सो
बिधालय का ब्यवस्थापन समिति का अध्यक्ष कृष्ण प्रसाद गुप्ता को अध्यक्षता मा र बिरगंज महानगर पालिका का मेयर विजय कुमार सरावगी को प्रमुख अतिथि मा सप्पन्न भयो।
उक्त कार्यक्रममा मेयर सरावगी ले यस बिधालय को लागि नगरपालिका ले पहिले पनि र अझ पनि भौतिक सरक्षण का लागि सहयो गर्दै आएको र अझ पनि गर्ने वचनवदता प्रकट गर्नु भयो ।
अर्का अतिथी वडा नं १० का वडा अध्यक्ष तथा ब्यवस्थापन समिती का सदस्य श्री राम नगिना कानु ले आज का विद्यार्थी भोलिका देश का कर्णधार भएको ले यस बिधालय ले उच्च स्तरिय शिक्षा दिएको छ र वडा समिती ले पनि बिधालय लाई सक्दो सहयोग गर्दै बिधालय का हरेक कृयाकलापमा निगरानी गर्दै यस लाई अझ देश को नमुना बिधालय बनाउन अठोट गरेको छ।
उक्त अवसरमा महानगरपालिका का शिक्षा प्रमुख अरबिन्द लाल कर्ण , हरि राउत , स्रोत ब्यक्ती दिनेश चौरसिया प्राध्यापक मनोज चौहान नेपाल पत्रकार महासंघ का प्रमुख शिव शंकर साह लगायत को उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम मा खेलकुद तथा अतिरिक्त क्रियाकलाप मा विजय भएका विद्यार्थीहरु लाई पुरस्कार पनि वितरण गरिएको थियो । उक्त कार्य,को उद्घोषण शिक्षक बिनोद गिरि ले गरेका थिए।






