
बिरगंज , भदौ २५ गते शुक्रबार ।
जिल्ला प्रहरी कार्यालय पर्साद्वारा सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा जिल्ला पर्सा पर्सागढी न.पा.वडा नं.५ बस्ने वर्ष ४८ को मदन मिश्रलाई सम्मानित पर्सा जिल्ला अदालतको लागत नम्बर १५५८ मिति २०७५।०५।१५ गतेको फैसलाले १ वर्ष कैद र १,२५,००, ०००।– ( एक करोड पच्चीस लाख ) जरीवाना तोकीएकोमा हाल सम्म फरार रहेको हुँदा निज मदन मिश्र आफ्नै गाउँघरमा लुकीछिपी बस्दै आएको प्राप्त सूचनाका अनुसार २४ गते बिहिबार जिल्ला पर्सा, पर्सागढी न.पा.वडा नं.२ बागवानाका ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरी शुक्रवार सम्मानित पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रह्लाद कार्कीले पर्सा पोस्टलाई जानकारी गराउनु भयो।
आफ्नो प्रतिक्रिया दिनुहोस