
बिरगंज , असोज २३ गते शनिबार ।
नेकपा एकीकृत समाजवादी पार्टीको बीरगंज महानगरपालिका वडा नम्बर १४ पिपराको वडा कमिटि गठन भएको छ । शनिबार भएको वडा स्तरीय कार्यकर्ता भेलाले मदन कुर्मीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा राज श्रीवास्तव, सचिवमा प्रहलाद कोईराला, सह- सचिवमा नरेंद्र पटेल, सदस्यहरु धर्मेंद्र पटेल, मनीष पटेल अबास अंसारी, भोला अंसारी लगायत रहेका छन् । त्यसैगरी पार्टीको भातृ संगठन युवा संघ नेपालको पनि शनिबार नै वडा कमिटि गठन गरिएको छ ।
प्रताप पटेलको अधक्षयतामा ११ सदस्यीय वडा कमिटि गठन गरिएको छ । युवा संघको वडा कमिटिमा उपाध्यक्ष मनीष पटेल, मुफ्रादिउन अंसारी सचिव चंदन पटेल, कोषाध्यक्ष धर्मेन्द्र पटेल र सहसचिव चंदन पटेल लगायत रहेका छन् ।
कमिटि गठन पछि बडादशैंको शुभ कामना आदान प्रदान कार्यक्रम पनि आयोजना गरिएको थियो । मदन प्रसाद कुर्मीको अध्यक्षाता भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजबादी केंद्रीय पोलिटब्यूरो सदस्य रामचन्द्र साह, अतिथिहरु जिल्ला अध्यक्ष बालगोपाल थापा, महानगर अध्यक्ष मनोज चौधरी, उपाध्यक्ष मंजूर आलम, युवा संघ नेपाल केंद्रीय सचीवालय सदस्य पर्सा इंचार्ज अनिल पटेल, मुक्ति समाजका पर्सा इंचार्ज बृजलाल पसवान लगयातले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यसै गरि सोही कार्यक्रममा मुमताज अंसारीको नेतृत्वमा २ दर्जन युवाहरु पार्टीमा प्रवेश गरेका थियो । नवप्रवेशीहरुलाई पार्टीका नेताहरुले अविर र टिका लगाएर स्वागत गरेको युवा संघ नेपालका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज अनिल पटेलले जानकारी दिनुभयो ।




