
वीरगंज २५ असोज ।
वीरगंज उद्योग वाणिज्य संघले प्रत्येक बर्ष चाहि बडा दशैंको पूर्व सन्ध्या बारेर आयोजना गर्दै आइरहेको शुभकामना आदान प्रदान कार्यक्रम आज सम्पन्न भएको छ । बीरगंजस्थित होटेल भिस्वामा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा.सुबोद गुप्ताले सबै अतिथीहरुलाई बडा दशैंको शुभकामना दिदैं उत्तरोत्तर प्रगतीको कामना गर्नु भयो ।
वहाँले यस क्षेत्रले बोकेको अपार सम्भावना र अवसरका बारे सामुहिक सहकार्यका माध्यमबाट उजागर गर्दै जाने बताउनु भयो । कार्यक्रममा सहभागीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।
कार्यक्रममा उघोग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिती सदस्य, प्रदेश नं. २ का उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, नेपाल उघोग वाणिज्य संघ प्रदेश नं. २ का अध्यक्ष गणेश लाठ, बीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, बाराका प्रमुख जिल्ला अधिकारी, ट्राफिक प्रहरी उपरीक्षक, सशस्त्रका प्रहरी उपरीक्षक राजेन्द्र खड्का, पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, बीरगंज भन्सार कार्यालयका प्रमुख हरिहर पौडेल, ड्राईपोट बीरगंजका प्रमुख, बीरगंज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अशोक टेमानि, प्रदीप केडिया, बाबुलाल चाचान, हिरालाल केडिया, आत्माराम कावरा, विभिन्न राजनैतिक दलका नेता, सन्चारकर्मी तथा रक्सौल रेल्वे प्रमुख अनिल कुमार सिंह लगायतको सहभागिता रहेको थियो ।




