सवारी चालकको लापरबाहीले हुने दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रमुख मल्ल अभियानसहित सडकमा

दाङ । तुल्सीपुर जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा सोमबार विभिन्न स्थानहरुमा चालकको कारणले हुने सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले राप्ती राजमार्ग अन्तरगत दाङको तुल्सीपुर

उपमहानगरपालीका वडा नं. ३ मा रहेको ट्राफिक चेकजाँच भएको थियो ।

जस्तै लाहुरेडाँडा, शिरखोला, साततले स्थित तुल्सीपुर सल्यान/रोल्पा/रुकुमका बिभिन्न स्थानहरूको लागि छुट्ने तथा भित्रिने बिभिन्न सवारी साधनहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लको कमाण्डमा खटिएको ट्राफिक प्रहरी टोलीले सवारीको अवस्था, क्षमता भन्दा बढी मालसामान तथा यात्रुहरू बोके/नबोकेको, १० वटा शंकास्पद सवारीका चालकहरूको ला.प.से. जाँच गर्नु भएको थियो ।

साथै उक्त सवारीका चालक तथा यात्रुहरूलाई सवारी दुर्घटनाका मुख्य कारणहरू, सवारी दुर्घट्ना न्युनिकरणमा सवारी चालक तथा यात्रुहरूको भुमिका र ट्राफिक नियम र संकेतहरूको बारेमा प्रशिक्षण प्रदान गर्नु भएको साथै सवारी दुर्घटना बढी हुने स्थान दाङको तुलसीपुर उप म.न.पा. ३ लाहुरेडाँडामा Black Spot को जानकारी मुलकको बोर्ड समेत राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close