
बाराको प्रसौनी गाउँपालिका वडा नं ६ बेलहियामा आज लोकतान्त्रिक समाजवादी पार्टीको दीपावली र छठ पर्वको उपलक्षमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा पूर्व मन्त्री जितेन्द्र सोनलले शुभकामना दिदै मधेशको हक, अधिकार सुनिश्चित गर्ने एकमात्र पार्टी लोकतान्त्रिक समाजवादी पार्टी भएको बताउनु भएको थियो।
वहाले आफू र आफ्नो पार्टीले लामो समयदेखि मधेश र मधेशी जन्ताको हक, अधिकारको लडाई लडदै आएको र आफुहरुले अधिकार न पाएसम्म लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
मन्त्री सोनलले अहिलेको गठबन्धनको सरकारले देशको लोकतन्त्रलाई धरापमा पारेको र यो सरकारले कुनैपनि निकास दिन न सक्ने हुनाले देशलाई निकास दिन निर्वाचनको विकल्प न रहेको बताउनु भएको थियो । वहाले आफू मन्त्री हुदा प्रदेश नं २ को हरेक जिल्ला , क्षेत्र र पालिकहरुमा विकास भएको ठोकुवा गर्नुभयो ।
वहाले नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमाले लगायतका पार्टीहरू मधेशी जन्तासंग विश्वास घात गरेको र आउने निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी देशकै नं १ पार्टी बन्नेहुनाले यसमा साथ दिन आम जन्तालाई आग्रह गर्नु भएको थियो । मन्त्री सोनलले आफूहरु आउने दिनहरुमा मधेशमा ठूला ठूला विश्वविद्यालय, खेल मैदान, रोजगारीको व्यवस्था लगाएतका कार्यक्रमहरु ल्याएर जन्ताको जीवन स्तरलाई माथी उकास्ने उद्घोष गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य रामएकबाल मियाले शुभकामना दिदै केन्द्र देखि लिएर प्रदेश र स्थानीय तहमा बिकाशको लहर ल्याउन एकमात्र पार्टी लोकतान्त्रिक समाजवादी पार्टी भएको हुनाले आउने निर्वाचनमा भारी बहुमतले विजयी गराउन सबैलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाराका सभापती नवल किशोर सिंह, नेपाल बार एसोसिएसनका केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह, लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य पिंकी यादव, परवानीपुर गाउँपालिका प्रमुख हरिनारायण साह, पार्टीका नेता मदन प्रसाद साह, घनश्याम गिरी, सीताराम प्रसाद गुप्ता, फिरोज आलम लगायतले शुभकमना व्यक्त गरेका थिए ।
कार्यक्रममा सात वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक, सुरक्षाकर्मी, आम जन्ता , सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य प्रसौनी गाउँपालिकाका उपप्रमुख गिता साहले गर्नु भएको थियो भने कार्यक्रम गाउँपालिका प्रमुख भोला गुप्ताको अध्यक्षमा सम्पन्न भएको थियो ।




