बिरगंज स्थित ४ तारे होटेल क्लार्क रिसोर्टद्वारा पत्रकार सम्मेलनको आयोजना ।

अजित भुजेल

बिरगंज , पुष ०२ गते बिहीबार ।

बिरगंज स्थित ४ तारे होटेल क्लार्क रिसोर्ट बिरगंजले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेको छ ।रिसोर्टका अध्यक्ष एवं संचालक सुनिल कुमार खेतानले अन्तर्राष्ट्रिय क्लार्क रिसोर्ट फनचिसेजको पहिलो क्लार्क रिसोर्ट , बिरगंजमा पहिलो पटक खुलेको बताउनु भयो ।पर्सा जिल्ला बिरगंज महानगर पालिका वडा न.१७ गण्डक चौकमा क्लार्क रिसोर्टको सुभारम्भ भैइ संचालनमा आईसकेको यो ४ तारे होटेल हो।

१०० करोड ( एक अर्ब ) को लागतमा २ बिगाह क्षेत्रफलमा बनेको यो होटेल , रिसोर्ट बिरगंजमै पहिलो पटक कन्भेन्सन सेन्टरको साथै ७ वटा बेनक्युट हल रहेको छ ।कन्भेन्सन सेन्टरमा एकै समयमा बिवाहपार्टी , बर्थडे पार्टी , किटि पार्टी र विभिन्न समारोह तथा कार्यक्रम गर्न सकिने र यसमा १५ जनादेखी २ हजार व्यक्ति अटाउन सक्ने क्षमता भएको हल समेत रहेको जानकारी दिदै सो रिसोर्टमा ६ तल्ले होटल पनि रहेको जसमा ६० वटा कोठा रहेको छ । Executive suites Room- ४ वटा , Executive Room-८ वटा , Twin Room -१६ वटा रहेको र आगामी सुभ दिपावली देखि पुर्णरुपमा संचालनमा आउने समेत बताए ।

त्यसै गरि रिसोर्टमा नवरतन रेस्टुरेन्ट संचालनमा रहेको छ ।७६ जना सिट क्षमताको रेस्टुरेन्ट र ५४ जना सिट क्षमताको बार पनि रहेको पत्रकार सम्मेलनमा जानकारी गराउनु हुँदै गुणस्तरिय र शुद्ध खाना , नास्ताको पनि व्यवस्थाको साथै चाईनिज , ईन्डियन , थकाली , ईटालियन लगायत विभिन्न प्रकारको खाना अनुभवी सेफद्वारा बनाईने छ ।रेस्टुरेन्ट प्रत्येक दिन बिहान९ बजे देखि रातीको १० बजेसम्म खुल्ला रहने छ ।रिसोर्टमा फुड फेस्टिभलको बेला बेलामा आयोजना हुने र चाडै नै कबाब र बिर्यानी फुड फेस्टिभल सुरु गर्ने साथै Wedding प्याकेज , Birthday प्याकेज र Confrence प्याकेज समेत रहेको खेतानले बताए।

रिसोर्टमा फिट्नेस , गेम एन्ड हेल्थ क्लब , मसाज ,सौन एन्ड स्टिम रुम , क्रेसन एन्ड स्पोर्ट् , स्विमिङ्ग पुलको लङ्गर , किड्स रुम र क्यासिनो पनि रहेको छ । रिसोर्टमा Basement मा ८० गाडी र खुल्ला रुपमा २ सय गाडी पार्किङ्ग गर्न सक्ने व्यवस्था रहेको र हाल १५ जना काम गरिरहेकोमा केही दिन पछी ४५ जनाले रोजगार पाउने समेत पत्रकार सम्मेलनमा बताएका थिए ।

पत्रकार सम्मेलनमा होटेलका अध्यक्ष एवं संचालक सुनिल कुमार खेतान, कम्पनी सन्चालक सुदिप खेतान , होटेलका जेनेरल मेनेजर राजेश रन्जन , प्रोजेक्ट मेनेजर रबिन्द्र रैना , नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान र माउन्टेन टेलिभिजनका ब्युरो प्रमुख महेश दासको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close