नेपाली कांग्रेस पर्सा को क्षेत्र नं २ को क्षेत्रिय सभापति माेहम्मद सहाबुदिनले उमेदवारी दिने ‌

वीरगंज, पर्सा
जनताकाे नेता जनताकाे बिचमा नाराका साथ युवा नेता माेहम्मद सहाबुदिनले उमेदवारी दिने भएका छन ।
नेपाली कांग्रेस १४ओँ महादिवेशनमा पर्सा निर्वाचन क्षेत्र नं २ को क्षेत्रिय सभापतिमा युवा नेता माेहम्मद सहाबसदिनले उमेदवारी दिने घोषणा गरेका हुन ।

विधार्थी कालदेखि नै राजनितिमा सकृय युवा सहाबुदिन छाेटाे समयमा ठुलाे राजनैतिक पहिचान बनाउन सफल भएका छन ।
पर्सा जिल्लामा राजैतिक छवि मात्र हैन सामाजिक क्षेत्रमा पनि उनले अग्रसर भएर काम गर्ने दायित्व राख्नु हुन्छ । नेपाली कांग्रेसका युवा, कर्मठ, मेहनती तथा लगनशील नेताको रुपमा परिचित हुनुहुन्छ ।

मधेश आनेदाेलनकाे बेला नेपाली काग्रेसकाे तत्कालिन नगर अध्यक्ष सहाबुदिनले काग्रेस हरेक तह तपकाका लागि कटिबद्ध रहेकाे बताउदै काग्रेस पर्सालाई स्थापित समेत गराएका एक कुशल नेता रहि सकेका छन।

हाल उनी स्व गिरिजा प्रसाद काेईराला फाउन्डेसन पर्साकाे जिल्ला सभापति भएर समाजिक क्षेत्रमा टेवा पुर्याईरहेका छन ।

माेहम्मद सहाबुदिनको उमेदवारी घोषणा बारे नेपाली कांग्रेसका नेता धिरज गुप्ताले जानकारी दिनुभयो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close