लागुऔषध सहित दुई नेपालि युवती भारतमा पक्राउ

लागुऔषध सहित दुई नेपाली युवतीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । सिमा सुरक्षा बल एसएसबीले सिमावर्ती बजार भङ्गाहाबाट लागुऔषध ५० बोतल कोरेक्स सहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर एक महादेवपट्टि बस्ने ३० बर्षीय संजुदेवी र १८ बर्षीय करिना कुमारी रहेको भारतीय सिमा सुरक्षा बल एसएसबीले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका दुबै जनलाई आवश्यक कारवाहीको लागी बेतिया पठाईएको भारतीय सुरक्षाकर्मीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close