आन्दाेलनकाे डेढ महिनापछि सर्वोच्च प्रशासनद्वारा नारा जुलुस नगर्न निर्देशन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै कानुन व्यवसायीहरूले आन्दोलन गरेको डेढ महिनापछि सर्वोच्च प्रशासनले सर्वोच्च परिसरमा नारा जुलुस नगर्न निर्देशन दिएको छ । राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउन सुरुमा कालोपट्टी बाँधेर बारको प्राङ्गणमा धर्ना दिएका कानुनव्यवसायीहरू कात्तिक १६ गतेदेखि भने सर्वोच्चको मुल गेटमै धर्ना दिँदै आएका थिए

राणा कोरोना संक्रमण भएर अस्पताल भर्ना भएको केही समय स्थगित गरेका कानुन व्यवसायीहरूले उहाँ अदालत आउन थालेसँगै पुनःसर्वोच्च परिसरमा नाराबाजी गर्न सुरु गरेका थिए । राणाको बहिर्गमनको माग राख्दै आन्दोलन गर्दै आएका कानुनव्यवसायीलाई सर्वोच्च परिसरमा नारा जुलुस नगर्न प्रशासनले औपचारिक परिपत्र भने गरेको छैन ।

प्रधानन्यायाधीशको निर्देशनमा सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यलाई फोन गरेर सर्वोच्च पसिरमा नारा नलगाउन र मुल गेटमा धर्ना नदिन भन्नुभएको हो । मुख्य रजिष्ट्रार कुँवरको निर्देशन अटेर गर्दै कानुन व्यवसायीले मंगलबार पनि सर्वोच्च परिसरमै नारा जुलुस गरे । राणा नगलेपछि पदमुक्त गराउन दल गुहारेका कानुन व्यवसायीले दलले पनि सहयोग पाएनन् ।

अहिले उनीहरूको आन्दोलन दबाउन स्वयं सर्वोच्च प्रशासननै प्रयासरत छ । तर, बारले भने राणाको राजीनामा नआएसम्म पछि नहट्ने अडान राखिरहेको छ । सर्वोच्च नछाड्ने प्रधानन्यायाधीशको अडान र राजीनामा नआएसम्म आन्दोलन गरिरहने बारको रटानले न्यायालयको समस्या सजिलै समाधान हुने देखिँदैन । दुवै पक्ष प्रतिष्ठाको लडाईँमा उत्रिँदा न्यायालयको गरिमामाथि कसैको ध्यान पुगेको देखिँदैन । सर्वोच्च प्रशासनको निर्देशनले बार र बेन्चबीचको द्वन्द झन् चर्काउने देखिएको छ । निभ्दै गइरहेको बत्तीमा सर्वोच्चको निर्देशनले घ्यू थप्ने त होइन भन्ने शंका थपिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close