जबर्जस्ति करणि मुद्दाका फरार अपराधी १५ बर्ष पछी पक्राउ ।

सिन्धुपाल्चोक , असार २५ गते शनिबार ।

मिति २०६२।०९।२१ गतेको सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतको फैसलाले जवरजस्ती करणी मुद्दामा कैद १० वर्ष सजाय भई फरार रहेका जिल्ला सिन्धुपाल्चोक साविक स्याउले गा.वि.स.वडा न.१ हाल चौतारा साँगाचोकगढी न.पा.वडा न.१ स्थायी वतन भएका वर्ष ५३ को दिल बहादुर भन्ने सोमे तामाङ काठमाण्डौमा लुकिछिपी बसेका छन् भन्ने विशेष सूचनाको आधारमा मिति २०७८।०३।२३ गते जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले निजलाई सोही दिन १७:३० बजेको समयमा काठमाण्डौ गोकर्णबाट पक्राउ गरि सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरी सिन्धुपाल्चोक जिल्ला अदालतको आदेशले जिल्ला कारागार सिन्धुपाल्चोक चलान गरिएको छ ।

निज मानिसलाई फैसला भएको मितिबाट १५ वर्ष ४ महिना २ दिन पछी पक्राउ गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close