प्रधानमन्त्री कप महिला क्रिकेट : वाग्मतीले कर्णालीलाई हरायाे

धनगढी – ‘प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता’ अन्तर्गत आज मङ्गलवार भएकाे दाेस्राे खेलमा वाग्मती प्रदेशले कर्णाली प्रदेशलाई ७९ रनले हराएको छ । धनगढीकाे फाप्लुमा वाग्मतीले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको कर्णाली ५१ रनमा अलआउट भयो ।

कर्णालीका लागि लक्ष्मी रिमालबाहेक अरू कसैले पनि दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ वाग्मतीकी विपिसा शाहीले तीन विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको वाग्मतीले कञ्चन श्रेष्ठको अविजित ४७ रन मद्दतमा एक सय ३० रन बनाएको थियो । वाग्मती र कर्णाली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close