
काठमाण्डौ – पर्सा क्षेत्र नं. १ का प्रतिनीधि सभाका सांसद प्रदीप यादवले वीरगंज कारागारलाई पर्साको अन्य ठाउँमा सार्न मांग गरेका हुन । मन्त्रलायको विनियोजन विध्येकको बारेमा आईतबार संसदमा भएको छलफलमा बोल्दै सांसद यादवले वीरगंज कारागार जिर्ण भईसकेको र शहरको बिचमा पर्ने भएकोले त्यहाँ सुरक्षित नरहेको बताउँदै त्यसको लागि विशेष बजेट छुटयाई पर्साको अन्य ठाउँमा सार्न गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन ।
यस्तै तीन महिना यता गृहमन्त्रलायले धेरै प्रहरीहरुलाई सरुवा र बढुवा गरेको बताउँदै उनले नेपाल प्रहरीमा सेनियर प्रहरीलाई जुनियर र जुनियर प्रहरीलाई सेनियर प्रहरी बनाएको भन्दै उनले आपती जनाएका छन् ।
नेपाल प्रहरीमा मधेशी अधिकृत प्रहरीलाई बढुवाबाट बञ्चित गरी प्रहरीमा मधेशी मुक्त अभियान नै चलाएको जस्तो आफूलाई अनुभूति भएको सांसद यादवले बताए । वर्तमान अवस्थामा राज्यको विभेदकारी नितीको कारण अबको आउदो २० वर्षसम्ममा पनि मधेशीहरु डिआईजी पदमा जान नसक्ने सांसद यादवले गुनासो गरे ।
गएको तीन महिनामा एस.एस.पी.बाट तीनजनाको डिअईजीमा बढुवा भएपनि एक जनापनि मधेशी नभएकोले खोई समानुपातिक समावेशी भन्दै प्रश्न गरे । सेनियर एस.एस.पी. राजेशलाल कर्ण, एस.एस.पी दिलिप जी हुँदा हुँदै पनि जुनियर एलाई डिआईजी बनाई बनाउनु कतिको न्याय उचित हो सभामुख महोदय भन्दै फेरी प्रश्न गरे ।