
जनकपुरधाम, ३२ साउन । प्रदेश नम्बर २ का प्रमुख डा. राजेश झा (अहिराज)लाई सरकारले बर्खास्त गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्दै नयाँ नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
देउवा सरकारले पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको हो ।
प्रदेश २ कै महोत्तरीको पिपरा गाउँपालिकाका उनी नेपाली काँग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस




