हवाइ उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण आज काठमाडौंबाट हुने अधिकांश उडान प्रभावित भएको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएको विमानस्थलले जानकारी दिएको छ ।

कतिपय विमानस्थलहरू ढिलागरी खुलेपछि उडान डिले भएका छन् । अझै कतिपय विमानस्थल खुलेका छैनन् । मौसमको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान केहीबेर रोकिएको थियो ।

काठमाडौंमा रहेको नेपालको एकमात्र ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ मा जहाज उडान–अवतरण डिले हुँदै आएको छ । विभिन्न कारणहरुले उडान डिले हुँदा त्यसको प्रत्यक्ष मार भने विभिन्न गन्तव्यमा पुग्नुपर्ने यात्रु र ती यात्रुलाई गन्तव्य पुर्‍याउने जिम्मा लिएका वायुसेवा कम्पनीलाई पर्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close