
बिरगंज , असोज १४ गते बिहीबार ।
अन्तर्राष्ट्रिय सान्केतिक भाषा दिवस तथा ११ औं साधारण सभा उदघाटन समारोह कार्यक्रम सप्पन्न भयो ।पर्सा बहिरा संघका अध्यक्ष सुमन श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिकाका मेयर बिजय सरावगीले पानसमा बत्ती बाली कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।
सो कार्यक्रममा बिशिस्ट अतिथिमा बिरगंज महानगर पालिकाका उपमेयर शान्ती कार्की , अतिथिमा बिधालय व्यवस्थापन समितीका सदस्य अजय साह , नेपाल पत्रकार महासंघ प्तदेश न.२ का पुर्व सदस्य जगत राई , सामाजिक अभियन्ता प्रकाश थारु , पर्सा पोस्टका प्रकाशक अजित भुजेल , सन्चारकर्मी संतोषमान रन्जितकार , हरिशन्कर कुर्मी , स्रोत शिक्षक राजकिशोर प्रसाद कानु लगायतकाको उपस्थिति रहेको थियो ।
स्वागत मन्तव्य र कार्यक्रम सन्चालन पर्सा बहिरा संघका दोभासे अर्चना कर्णले गर्नु भएको थियो ।
११ औं साधारणसभाले पुन एक चोटीकोलाई सगुन श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । ९ सदस्यीय कार्यसमिति चयन भएकोमा उपाध्यक्षमा समिक्षा सापकोटा , सचिवमा अजय कर्ण, कोषाध्यक्षमा जुलफकार अन्सारी , सदस्यमा प्रभात मिश्र , सिल्पा कर्ण , रुपलाल भगत कोईरी , जगदीश कम्ती , र उमेश गुप्ता रहनु भएको अर्चना कर्णले जानकारी दिनु भयो ।
बहिरा विद्यार्थीहरुको लागि दोभासेको अत्यन्त आवस्यक रहेको र २०६७ सालमा बहिरा संघ स्थापना भएको र ९ बर्षको सघ्रस पछि आज बहिरा बिधालय स्थापना भएको बताए । सो बहिरा बिधालयमा अहिले नर्सरि देखि ५ कक्षा सम्म पढाई हुने गरेको छ भने ३ बर्ष देखि १६ बर्षका २३ जना बहिरा विद्यार्थी अध्यनरत रहेको दोभासे अर्चना कर्णले जानकारी दिनु भयो ।




