बैंकिङ प्रणाली ह्याकको फेरि चेतावनी, बैंक तथा बित्तीय संस्थामा उच्च सतर्कता

बैंकिङ प्रणाली ह्याकको फेरि चेतावनी आएको छ । अज्ञात समूहले कुमारी बैंकलाई इमेल लेख्दै सिस्टम ह्याक गर्ने चेतावनी दिएको हो ।

कुमारी बैंकले यसबारे केन्द्रीय बैंकलाई जानकारी गराइसकेको र केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई सचेतना अपनाउन भन्दै छानबीन अगाडी बढाइसकेको जनाइएको छ ।

राष्ट्र बैंकले उच्च सतर्कता अपनाएको बताउँदै अहिलेसम्म कुनै पनि समस्या नपाइएको पनि जनाइएको छ । गत साउनमा पनि प्रणाली ह्याक गर्ने चेतावनी दिइएको थियो । साभार ईमेज खबर बाट

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close