मानव सेवा आश्रम वीरगन्ज द्धारा सडक सेवा अभियान संचालन

वीरगञ्ज २० पौष । मानव सेवा आश्रम वीरगञ्जले सडक सेवा सुरुगरेको छ । बेवारीसे आवस्थामा कष्टपुर्ण अवस्थामा जिवनयापन गर्न बाध्यरहेका वृद्ध, वृद्धा, अनाथ टुहुरा बाल बालिकाहरुलाई उद्धारको क्रममा आज वीरगञ्ज बजार देखी प्रसौनी, टेढा लगायत जितपुर सम्म सडक सेवा सुरु गरीएको मानव सेवा आश्रम वीरगञ्ज कि संयोजक सानु गुरुङ्गले बताउनु भयो ।

मेची देखी महाकाली अभियान अन्तरगत सडकपेटीमा चिसो मौसममा कष्टपुर्ण जिवन विताईरहेका बेवारीसे मानिसलाई स्थानिय प्रहरी र स्थानिय पालिकाको सहकार्यमा पर्सा लगायत १७ वटा जिल्लामा रहेको २४ ओटै मानव सेवा आश्रमबाट आ आफ्नो जिल्लामा सडक सेवा संचालन गरीएको उनले बताउनु भयो ।
मानव सेवा आश्रम वीरगञ्जबाट सुरुगरीएको सडक सेवाबाट आज वीरगञ्ज बजारको सडक पेटीमा सडकपेटीमा चिसो मौसममा कष्टपुर्ण जिवन विताईरहेका एक वृद्धको उद्दार गरीएको छ । आश्रमा ३३ महिला, २४ पुरुष र बलक २ जना गरी ५९ जनालाई सेवा दिदै आएको छ ।

यो अभियानले आश्रमा दैनिकरुपमा सडक पेटीमा कष्टकार जिवन यापन गरी मानिसको वृद्धी संगै स्थानिय पालिका र मुठीयादान , गर्ने सहयोगी हाथहरु थप सहयोगको अगाडी आउन मानव सेवा आश्रम वीरगञ्जले अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close