हात छाडेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएर सप्तरीमा एक जनाको ज्यान

हात छाडेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएर सप्तरीमा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । ज्यान जानेमा मोटरसाइकल चालक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का १५ वर्षीय विवेक कुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।

सप्तरीको राजविराजबाट हनुमाननगरतर्फ तीव्रगतिमा जाँदै गरेको ’अन टेस्ट’ मोटरसाइकल सप्तरीको राजविराज नगरपालिका–१५ खाँडो पुल नजिक अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका इनरुवा निवासी १५ वर्षीय कौशल कुमार मण्डल घाइते भएका छन् ।

घाइते दुवै जनालाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकोमा विवेकको उपचारको क्रममा ज्यान गएको छ भने टाउको र छातीमा चोट लागेर घाइते भएका कौशलको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close