आउने निर्वाचनमा नेपाली काङ्ग्रेसले तिनै तहमा जित्छ –नेता नविन सिंह

वीरगंज -पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापूरमा कार्यसमित तथा क्षेत्रीय प्रतिनिधिको पदभार ग्रहण तथा प्रमाणपत्र वीतरण कार्यक्रम सम्पन्न भएको छ ।

वडा नम्बर १ का सभापति पशुपतिनाथ शर्माको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालि काङ्ग्रेसका पर्सा जिल्ला सदस्य एवम युवा नेता नबिन सिंहले अब हुने निर्वाचनमा तिनै तहमा नेपालि काङ्ग्रेस जित्ने बताउनुभयो ।

नेता सिंहले प्रचार पसारमा नाग्न समेत कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाले छिपहरमाई गाउँपालिकामा महिला स्वास्थ्यकर्मिको आवश्यकता रहेको समेत औल्याउनु भयो ।

सो अवसरमा महाधिवेशन प्रतिनिधि रामेश्वर महतो , नेता बिरेन्द्र महतो , पर्सा क्षेत्र नम्बर ४ ९ ख ० का सभापति दीपेन्द्र सिंह ,प्रदेश प्रतिनिधि जितेन्द्र बर्मा , नेपालि काङ्ग्रेस छिपहरमाई गाउँपालिका निवर्तमान संयोजक धुरेन्द्र साह ,प्रतिनिधि वडा नं ३वडा अध्यक्ष प्रत्याशी बिरेंद्र पटेल,छिपहर माई गाउंपालिका वडा नं १ वडा अध्यक्ष प्रत्याशी सुरेन्द्र यादव, वडा नं १ का युवा नेता रुपेश उपाध्याय,चंजीत कुशवाहा, नेपाली कांग्रेस छिपहर माई गाउंपालिका शिक्षक माहासंघका अध्यक्ष गंगनदेव यादव, कपिल देव यादव, श्रवण साह लगायतका सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close