
राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगरपालिका वडा नं १७ अलौं को वडा इकाई कमिटी गठन सम्पन्न भएको छ ।
वीरगंज महानगरपालिका वडा नं १७ अलौं को साबिक वडा नं २ बुढियामाई टोल मा राष्ट्रिय प्रजातन्त्र पार्टी को बैठक बसि वार्ड न २ को टोल इकाई कमिटी गठन भएको छ।
टोल इकाई कमिटी बैठक को प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का जिल्ला अध्यक्ष शुमेश्वरनाथ उपाध्याय तथा विशिष्ट अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगरपालिका वडा नं १७ अलौं का वडा इकाई सभापति छठु साह कानु को उपस्थिति मा टोल इकाई कमिटी गठन सम्पन्न भएको छ।
साथै उत्क बसेको बैठक बाट अजय सहनी को अध्यक्षमा १३ सदस्य टोल इकाई कमिटी गठन गरिएको छ। उत्क टोल इकाई कमिटी को उपाध्यक्ष मा सुभाष सहनी कोषाध्यक्ष मा मैन सहनी, सचिव मा शिवपुजन सहनी, सह-सचिव मा गोबिन्दा सहनी , सदस्यहरु मा सोनालाल सहनी, गेडा सहमी, बिक्रम सहनी, हिरालाल सहनी, रामबाबु सहनी, लगायत का सदस्यहरू रहेका छन्।
टोल इकाई कमिटी गठन का पदाधिकारीहरु लाइ पार्टी का प्रमुख अतिथि शुमेश्वरनाथ उपाध्याय तथा विशिष्ट अतिथि छठु साह कानु ले शुभकामना संदेश दिदै पार्टी प्रती इमान्दारी पूर्वक काम गर्न र अरु कुनै पार्टी को धाकधम्की सँग नडेराइकन काम गर्न आस्वासन दिएका थिए र अब नेपालमा छिटै हिन्दू राष्ट्र र संबैधानिक राजतन्त्र हुने ठोकुवा पनि गर्नु भएको छ।
साथै बक्तब्य कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी का जिल्ला सदस्य तथा वडा इकाई कमिटी का सल्लाहकार देबेन्द्र ढुंगाना ले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र ले देश लाई निकास दिन नसकेको ले अब एक मात्र विकल्प नेपाल मा सवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र को आवस्यकता रहेको प्रकास पारे थिए । साथै राष्ट्रिय प्रजातन्त्र पार्टी ले स्थापना गरेर नै छोडने समेत अभिव्यक्ति दिएका छन्।
त्यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका दलित तर्फ को केन्द्रिय सदस्य उमेश कुमार राम ले टोल टोल , गाउँ गाउँ , नगर क्षेत्र, जिल्ला जिल्ला मा राष्ट्रिय प्रजातन्त्र पार्टी को प्रचार प्रसार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी को गठन मा लागेको साथै आफनो धर्म र नेपाल लाइ बचाउन राष्ट्रिय प्रजातन्त्र पार्टी लाइ सहयोग गर्न आग्रह समेत गरेका थिए।




