
दुई नम्बर प्रदेशको राजधानीको सन्दर्भमा अलि बिगत तिर गएर प्रदेशहरुको भौगोलिक बनौटलाई पनि बुझ्न जरुरी छ। खासमा प्रदेशहरुको भौगोलिक बनौटनै अलि नमिलेको जस्तो लाग्छ।
बिरगंज अथवा बारा पर्साका जनताहरुलाई एकदमै हेपिएको जस्तो भएको छ। संघीयता आउनु भन्दा पहिला बिकास क्षेत्र अनुसार पर्सा र बाराका जनताहरुले आफ्ना अधिकान्स प्रशासनिक काम बिरगंजनै गर्न सकेका थिए। र केही काम हेटौंडामा गर्नु परेको थियो।
तर अब सानोतिनो कामको लागि पनि ५५ कि. मी. हेटौंडा नभएर १५५ कि. मी. जनकपुर जानू पर्ने अवस्था छ। यसरी पर्सा बाराले आन्दोलन गरेर छोरा खोज्न गएको र श्रीमान हराएर आएको जस्तो भएको छ।
बिरगंजले गरेको आन्दोलन र खस शासक बर्गलाई दिएको धक्काका कारण बिरगंजलाई दीर्घकालकै लागि पछाडी पार्ने केन्द्रीय योजना अन्तर्गतको एउटा राजधानी नबनाउनु हो।
यदी यस्तै हुने हो भने बिरगंजले दुई तहको विभेद सहने भयो। एउटा काठमाडौको शासक र अर्को पुर्बेली शासक। पर्सा र बाराले आज सम्म एउटा पनि केन्द्रीय नेता उत्पादन गर्न नसक्नुको पनि परिणाम मध्येको यो एउटा परिणाम हो।
यहाका जनप्रतिनिधिहरुलाइ पनि दुई तहको चापलुसी गर्न भ्याइनभ्याइ छ। आफ्नो जन्मस्थल र जिल्लाको पक्षमा खुल्ला रुपमा बोल्ने धेरै कमले आट गर्न सक्या छन।:- (सुधिर पन्डित:- युवा बिरगंज)




