क्षेत्र नं १’ख’ का प्रदेश सभा सदस्य उमेदवार रामनारायण कुर्मी द्वारा व्युटिसियन तथा सिकाइ कटाइ तालिमको उद्घाटन

बीरगंज, पर्सा

NTUC र JILAF को संयुक्त रुपमा संचालन व्युटिसियन र सिलाइ कटाइ तालिमको उद्घाटन पर्सा निर्वाचन क्षेत्र नं १(ख) का प्रदेश सभा सदस्य उमेदवार तथा नेपाली कांग्रेस पर्साका उप सभापति रामनारायण कुर्मी द्वारा व्युटिसियन तथा सिलाइ कटाइ तालिमको उद्घाटन गरेका हुन्।

गमलामा पानी पटाइ व्युटिसियन तथा सिलाइ कटाइ तालिम को उद्घाटन गरेका हुन्। कार्यक्रमको
उद्घाटन पश्चात बोल्दै यस क्षेत्र बाट मुख्य मन्त्री लालबाबु राउत गद्दीले जितेर जादा बेटी बचाउ बेटी पढाऔ नारामा साइकल वितरणमा ४०००/- ५०००/- साइकलको १२०००/- को बिल भौचर पेश गरेर भरष्टचार गरेका हुन्। साथै आफ्नो क्षेत्रमा सोचे जस्तो विकास नगरकोले त्यस्ता भरष्टचार नेता लाइ आफ्नो मत नदिन आग्रह गरेका हुन्।

साथै नेता कुर्मीले भने म निर्वाचित भएपछि पुरुष सँग मात्र होइन महिलाहरु सँग पनि भेटघाट गर्ने र महिलाहरु लाइ स्वरोजगार बनाउन को सिप मुलक तालिमहरु संचालन गर्ने र निर्वाचन क्षेत्र नं १(ख) को क्षेत्र मा पर्ने प्रत्येक वडामा बर्थिग्ङ सेन्टर स्थापना गर्ने,बिधालयहरुको स्तरोन्नति गर्ने, स्कुल लाइ‌ प्राबिधिक स्कुल बानउने, साथै आवश्यकता अनुसार प्राबिधिक स्कुल बनाउदै जाने महिलाहरु को बिचमा प्रतिबद्धता गरेका हुन्।

साथै यस क्षेत्र बाट मुख्य मन्त्री लालबाबु राउतले जितेर पनि बिकास को लहर नदेखिएको ले अब आउदो मंसिर ४ गते को हुने संघिय तथा प्रदेश सभाको चुनावमा निर्वाचन क्षेत्र नं १(ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी लाइ नेपाली काँग्रेसको चुनाव चिन्ह (गाछी) छापमा मतदान गरी विजय बनाउन हामि एकजुट भएर लाग्ने प्रतिबद्धता गरेका छन्।

व्युटिसियन तथा सिलाइ कटाइ तालिमको उद्घाटन कार्यक्रम नेपाली कांग्रेस पर्साका उप सभापति तथा निर्वाचन क्षेत्र नं १(ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मीको प्रमुख अतिथि तथा ने. ट्रे.यु.का. पर्सा का अध्यक्ष छोटेलाल प्रसाद साह को अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि ने. ट्रे.यु.का. मधेस प्रदेश अध्यक्ष लक्ष्मण प्रसाद कुर्मी लागायत बिभिन्न नेपाली कांग्रेस का ने. ट्रे.यु.का. पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close