मजिद मियालाई नियन्त्रणलिई रकम लुटने ३ जना पक्राउ ।

बिरगंज , माघ ०५ गते बुधबार ।

विहान ९ बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ बसपार्कस्थित भानुचोकमा पोखराबाट बस चढी आई ओर्लेका जिल्ला बारा सिम्रौनगढ न.पा. वडा नं ७ पर्सा टोला बस्ने वर्ष २३ का माजिद अंसारी बिरामी भई सडक छेउमा बोल्न नसक्ने अवस्थामा बसिरहेकोमा निजलाई निम्न मानिसहरुले नियन्त्रणमा लिई ना.२.ह. २७३६ नं. को अटोरिक्सामा चढाई निजको साथमा रहेको मोवाइल फोन र नगद समेत लुटी निजलाई अर्धचेत अवस्थामा जिल्ला पर्सा बि.म.न.पा. १५ प्रतिमाचोकस्थित सडकछेउमा छोडेकोमा यस कार्यालयबाट खटिएको टोलीले निजलाई मिति २०७८।१०।०४ गते दिउँसो ३ बजे उद्दार गरिएको साथै उक्त घटनामा संलग्न निम्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी अपहरण तथा डाँका सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुमन श्रेष्ठ उमेर:- २० वर्ष ठेगाना जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१५ , बिकाश थापा मगर उमेर १८ बर्ष ठेगाना जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१५ र रमेश कुमार साह सोनार उमेर २० बर्ष ठेगाना जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१५ रहेको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close