
बिरगंज , माघ १९ गते बुधबार ।
बिरगंजमा मोटरसाइकलको लक टोडि चोरी गरी भाग्दै गरेको अवस्थामा एकजना युवक पक्राउ परेको छ ।
पक्राउ पर्ने बिरगंज महानगरपालिका वडा नम्बर २ निवासी २० वर्षीय मोहमद अली रहेको प्रहरीले जनाएको छ ।
अलीलाई बिरगंज महानगरपालिका वडा वडा नम्बर १५ भिष्वा चोक नजिकै पार्किङ्ग गरेर राखेको मोटरसाइकल चोरी गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भिष्वा चोक नजिकै पार्किङ्ग गरेर राखिएको प्रदेश २-०३-०१२ प ५८६ नम्बरको कालो रङ्गको १६० सिसिको अपाचे मोटरसाइकलको लक तोडी चोरेर भाग्दै गरेको अवस्थामा अलीलाई स्थानीयहरुको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
प्रहरी चौकी भिष्वा डाडाँबाट खटिएको गस्ती टोलीले मोटरसाइकल सहित अलीलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रवक्ता खनालले जानकारी दिनुभयो ।




