
बिरगंज , माघ २५ गते मंगलवार ।
सामाजिक कार्यमा सेन्चुरि कमर्सियल बैंक बिरगंज शाखा अग्रपन्तिमा रहेको छ । सेन्चुरि कमर्सियल बैंक बिरगंज शाखाले आर.एम.केडिया आँखा अस्पताललाई २० थान पंखा सहयोग प्रदान गरेको छ ।
ल्प
सेन्चुरी कमर्सियल बैंक वीरगंज शाखाले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत आर.एम.केडिया आँखा अस्पताललाई २० थान पंखा सहयोग प्रदान गरेको छ । बैकका प्रदेश प्रमुख सुभाष शर्मा तथा शाखा प्रमुख शिवनाथ प्रसाद साहले संयुक्तरुपमा ५० हजारको २० थान पंखा अस्पताल समितिका कोषध्यक्ष प्रदीप केडिया तथा नेपाल नेत्र ज्योति संघका उपाध्यक्षतथा केन्द प्रतिनिधि श्याम कुमार पोखरेल मार्फत हस्तान्तरण गर्नु भयो ।
सेवाग्राहीहरुलाई गर्मीमा शितलता प्रदान गर्नका लागि उक्त सहयोग हस्तान्तरण गरिएको सेन्चुरी कमर्सियल बैक वीरगञ्ज शाखा प्रमुख शिवनाथ प्रसाद साहले बताउनु भयो ।
अस्पताल कोषाध्यक्ष प्रदीप केडिया तथा नेपाल नेत्र ज्योति संघका उपाध्यक्ष तथा केन्द प्रतिनिधि श्री श्याम कुमार पोखरेलले समाजिक कार्य गर्नै सेन्चुरी कमर्सियल बैकका सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
सहयोग बितरण समय डा.गोविन्द गुरुङ्ग र अस्पतालका कर्मचारीहरु कान्तकानु, शिवशंकर प्रसाद, गजेन्द्र देव, रासदेव साहको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण अस्पतालका वरिष्ठ अस्पताल प्रशासक प्रकाश कुमार वर्माले गर्नुभएको थियो ।




