
बिरगंज , माघ १६ गते शुक्रबार ।
जिल्ला पर्सा साबिक बहुअरीपिडारी वडा न.२ हाल परिवर्तित बहुदरमाई न. पा. वडा न.४ बस्ने शिवचरण राउत अहिरको चोरा बर्ष २१ को अकलेश राउत यादवलाई मोति २०७७/०९ /०१ गते दिनको १२ बजे पर्सा , पर्सागढी न.पा. वडा न. ६ चैनपुर स्थित आफ्नै खेतजग्गा को आलिमा रहेको पकडिको रुखमा आफ्नै गलबन्दी कपडाको पासोमा झुन्डि मृत अवस्थामा फेला पारेको मृतकको शव तत्कालीन घटनास्थालमा लिईएको तस्बिरको अवलोकन , घटनास्थाल र घटना सम्बन्धि सानासाना तथ्यलाई बिश्लेशण ! मृत्युबाट विभिन्न पक्षलाईहुन सक्ने लाभ हानी लाईसमेत बिश्लेशण र अनुशन्धान गरि अभियुक्त सम्म पुग्न प्रहरी सफल भएको प्रतिवादीहरु जिल्ला पर्सा पर्सागढी नपा वडा न.५ बस्ने बर्ष ५१ को भागरित राउत अहिर , सोही ठाउँ बस्ने ४१ बर्षको शेष ताहिर मिया र सोही ठाउँ बस्ने बर्ष २७ को छठु पटेल भन्ने दिनेश पटेल रहेको आज पत्रकार सम्मेलनमा जानकारी गराउनुको साथै अभियुक्तहरुलाई सार्वजनिक पनि गरिएको थियो ।