वीरगञ्ज महानगरविरुद्ध अख्तियारमा सबैभन्दा बढी उजुरी

वीरगञ्ज – पर्सामा रहेको पालिकामध्ये सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकाविरुद्ध अख्तियारमा उजुरी परेको छ।

अख्तियार अनुसन्धान आयोग हेटौंडाले वीरगञ्जमा अयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन अन्तरक्रियामा सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी उजुरीको तथ्यांकमा जिल्लामा रहेका पालिकामध्ये वीरगञ्ज महानगरविरुद्ध सबैभन्दा बढी अख्तियारमा उजुरी परेको हो।

अख्तियारको कार्यालय हेटौँडाका अनुसार चालु वर्षको फागुन मसान्तसम्म वीरगञ्ज महानगरविरुद्ध ५८ वटा उजुरी अख्तियारमा परेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिभन्दा बढी हो। गत आर्थिक वर्षमा भने ३४ वटा उजुरी अख्तियारमा महानगरविरुद्ध परेको थियो। सोमध्ये गत वर्षमा १७ र चालु वर्षमा ३३ गरी ५० वटा उजुरी फस्र्याेट भएका छन्।

गत वर्षमा १७ वटा र चालु वर्षमा २५ वटा उजुरी फस्र्याेट हुन बाँकी छ। जिल्लामा सबैभन्दा कम पटेर्वा सुगौली गाउँपालिकाविरुद्ध चालु वर्षमा शून्य र गत आर्थिक वर्षमा एउटा मात्रै उजुरी अख्तियारमा परेको छ।

अख्तियार कार्यालय हेटाैँडाका अनुसार परेको एउटा उजुरी भने फस्र्याेट हुन बाँकी छ। जिल्लामा रहेका १४ वटा पालिकाहरू गरी गत वर्ष र चालु वर्षको फागुन मसान्तसम्म जम्मा २ सय ३२ वटा उजुरी अख्तियारको कार्यालय हेटाैँडामा परेको थियो।

जसमध्ये ९० वटा उजुरी फस्र्याेट भएको तथा १ सय ४२ वटा उजुरी फस्र्याेट हुन बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटाैँडाले जनाएको छ। deshsanchar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close