राउण्ड टेबल नेपालद्वारा आयोजित रक्तदान कार्यक्रममा ६ महिला सहित ४६ जनाले गरे रक्तदान ।

बिरगंज , फागुन २८ गते शनिबार ।

राउन्ड टेबल नेपालद्वारा आयोजित रक्तदान कार्यक्रममा ६ महिला सहित ४६ जनाले रक्तदान गरेका थिए ।
राउण्ड टेबल नेपाल एरिया ३ एवम बिरगंज लेडिज सर्कल – ३ द्वारा सन्युक्त रुपमा आयोजित रक्तदान कार्यक्रममा अनामिका पुजारी,रौनक सन्थालिया ,सुनिता खेतान, पुजा हिसारिया ,मृदुला चाचान,बिजय त्रिपाठी,दिपल खन्ना,नागराज पन्डित,,शिवम खेतान,सतिश यादव लगायतकाले रक्तदान गरेका थिए । राउण्ड टेबल नेपाल एरिया ३ का कोर्डिनेटर धिरज अग्रवालको अध्यक्षतामा बिरगंजको टिबडेवाला धर्मशालामा आयोजित सो कार्यक्रममा बिरगंज लेडिज सर्कल – ३ का चेयरपर्सन अनामिका पुजारी, कार्यक्रम संयोजक किशन क्याल , बिप्रा क्याल, नन्दनी अग्रवाल,अनुज पटवारी,कन्हैया अग्रवाल,राहुल अग्रवाल,रौनक सन्थालिया लगायत पदाधिकारी सदस्यहरुको सकृय सहभागिता रहेको थियो ।
सो कार्यक्रममा बिरगंज राइजिङ्ग राउण्ड टेबल-२० का पास्ट चेयरमेन पंकज अग्रवालले रक्तदान हाम्रो समाजको लागि निकै महत्वपूर्ण भएको हुनाले र हाम्रो बिरगंज आसपास्को क्षेत्रमा दैनिक जसो ७० पाउण्डको हाराहारिमा ब्ल्डको आवश्यकता पर्दछ तर रक्तदान कम हुन्छ त्यसैले हामी सबैले प्रत्येक ३ महिनामा एक पल्ट रक्तदान गर्नु पर्नेमा जोड दिदै राउण्ड टेबलको इन्टरनेशनल ब्लड ड्राइभ कार्यक्रमलाई हामीले प्रत्येक वर्ष आजैको दिन रक्तदान कार्यक्रमको आयोजना गर्दै आउदैछौ भनी सम्पुर्णलाई रक्तदान गरि कसैको जीवन बचाउन आग्रह पनि गर्नु भयो ।

बिरगंज लेडिज सर्कल- ३ का चेयरपर्सन अनामिका पुजारी आफै रक्तदान गरि भन्नू भयो कि रक्तदान सबै भन्दा ठूलो दान हो र रक्तदान गरे पछि कुनै कमजोरी या समस्या हुदैन कि असाध्यै खुशी लागेर आउछ कि हामी कुनै मानिसको लागि काम आउन सक्यो उहाहरु ज्यान बचाउन सफल भयौ र मानवतालाई मजबुत बनायौ भनी जुन खुशी मन भित्र बाट आउँछ त्यसलाइ शब्दमा ब्यान गर्न गार्हो छ त्यसैले हामी सबै आउ रक्तदान गरि कसैको जीवन बचाऔ भनी अपिल पनि गर्नु भयो ।

कार्यक्रम संयोजक किशन क्यालले कसैको जीवन बचाउने रक्तदाताहरु हाम्रा समाजका असल हिरोहरु हुन जस्ले आफ्नो शरीरको अमुल्य अन्श रगत दान गरेर नचिनेका मानवहरुको सेवा सहयोग गर्छन भन्दै सहभागी सम्पुर्ण रक्तदाता प्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र बिरगंजका सहायक राजन श्रीवास्तवको नेतृत्वमा आएको टोलिले रक्तदानमा सघाएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close