मेयरका आकाङ्क्षी साह भन्छन्, ‘वीरगञ्जको बिकास अबको आवश्यक्ता हो’

नेपाली कांग्रेसबाट वीरगञ्ज महानगरपालिकाको मेयरका आकाङ्क्षी नरेन्द्र साहले निर्वाचनकेन्द्रित गतिविधिलाई तिव्रता दिएका छन् ।

नेता तथा कार्यकर्ता एवम् जनतासँगको भेटघाट र छलफलका क्रममा साहले आफुले नै वीरगञ्ज महानगरलाई समृद्ध बनाउने दावी गरेका छन् ।

विगत ४ दशक लामो समयदेखि निरन्तर नेपाली काङ्ग्रेसबाट राजनीतिमा सक्रिय रुपमा रहेका साहले गरिब एवम् असहाय तथा पहुँचभन्दा टाढा रहेका व्यक्तिहरुलाई पहुँचसम्म पु¥याउनुपर्नेमा जोड दिएका छन् । बिकास र भ्रष्टाचारबिनाको सेवा सुविधाका लागि आफु नै योग्य व्यक्ति भएको साहको भनाई छ ।

उनले वीरगञ्जका विभिन्न वडाहरुदेखि ग्रामिण क्षेत्रका जनतासँग पनि भेटघाट गरीरहेका छन् । यसअघि पनि २ पटक वडाअध्यक्ष भइसकेका साहले नगर र नगरवासीसँग नजिक रहेकाले सबैका समस्याहरु नजिकबाट बुझेको बताए । सभार:- yatradaily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close