प्रदेश नं १ र मधेस प्रदेशको लोकसेवा अन्तर्गतको परीक्षा एकै दिन परीक्षार्थी अन्यौलमा

वीरगंज/२९ साउन

प्रदेश नं १ र मधेस प्रदेशको लोकसेवा अन्तर्गतको परीक्षा एकै दिन परेपछि परीक्षार्थी अन्यौलमा परेका छन्।

प्रदेश न.१ को लोकसेवा अन्तर्गत यहि मिति २०७९ भदौ १८ गते हुन गइ रहेको पाँचौ तहको लिखित परिक्षा संगै मधेस प्रदेशले पनि गत आ.व.को अधिकृत सातौ तहको प्रथम पत्रको परिक्षा यहि भदौ १८ मै तोकेर जुधाएको हुनाले मधेस प्रदेशका परीक्षार्थी दुबै तर्फ फर्म भरी राजस्व तिरेर पनि परीक्षार्थीहरु ले अन्यौलमा परी परीक्षा दिनबाट बन्चित भएका छन्।

मधेस प्रदेशका परीक्षार्थीहरु ले उक्त मिती सच्याएर अर्को मितीमा परीक्षा लिने व्यवस्था मिलाउन मधेस प्रदेश सरकार सँग माँग गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close