नेपाली काङ्ग्रेस युवा नेता चाम थापाद्वारा तनहुँ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यमा आवेदन

नेपाली काङ्ग्रेस तनहुँका युवा नेता तथा महाअधिवेशन प्रतिनिधि चाम थापाद्वारा तनहुँ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यका लागि आवेदन दर्ता गराएका छन । आउदो मङ्सिरमा एकै पटक हुन गइरहेको संघ तथा प्रदेशको चुनाबमा होमिनका लागि थापाले आज तनहुँ क्षेत्र नम्बर २ क बाट प्रत्यक्ष तर्फबाट उम्मेदवारीको लागि आवेदन दिएका हुन ।

आफ्नो निर्वाचन क्षेत्र २ नम्बर रहेको र अधिकाँश जनताको चाहाना र भाबलाई बुझी आफुले उम्मेदवारीको लागि दर्खास्त दिएको थापाले बताएका छन । उनले भने अघिल्लो पुस्ताले व्यवस्था बदल्नको लागि राजनीति गर्नु भयो , अब अवस्थ परिवर्तनको लागि राजनीतिमा होमिएको हु । मलाई तनहुँ क्षेत्र नम्बर २ को क र ख क्षेत्रका जनताले आफ्नो आफनो क्षेत्र चुनाव लड्न आग्रह गर्नुभएको छ । पार्टीले जुन क्षेत्रबाट उपयुक्त मानेर टिकट दिन्छ त्याहीबाट लड्छु ।

क्षेत्र नम्बर २ का एक स्थानीय मदन गुरुङले थापाले टिकट पाए सजिलोसँग चुनाब जित्ने बताएका छन । थापाको पार्टी संगठन बिस्तारमा राम्रो योगदान रहेको र अधिकामस युवाहरु पनि उनको समर्थनमा रहेको जिकिर गरे ।janachana

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close