
पर्सा /पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृतिमा वीरगन्जको आदर्शनगर रंगशालामा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा नमो बुद्ध युथ क्लब सप्तरी लाई ०–५ को रोमान्चक जित हात पार्दै बारा ११ ले ५ गोलको अन्तरले विजयी
गरेकोछ।
आजको खेल नमो बुद्ध युथ क्लब सप्तरी र बारा ११ युवा क्लब बिच भएको थियो । पहिलो हाफ मा -१९ मिनेट मा अमर डंगोल बारा ११, ३४ मिनेटमा नीरज थापा मगर बारा ११, ३९ मिनेटमा कृपा चौधरी बारा ११ दोस्रो हाफ को खेलमा २२ मिनेटमा अभिषेक चौधरी बारा ११,३४ मिनेटमा चतुर्धन चौधरी बारा ११ले जम्मा ५ गोल गरेका थिए भने नमो बुद्ध युथ क्लब ले एउटा गोल पनि नगरि पराजित भएको थियो।
आज को खेलमा लक्ष्मी बैंक का शाखा प्रबंधक रोहिणी आचार्य र नेपाल इन्वेस्टमेंट मेघा बैंक का शाखा प्रबंधक अमितेश यादव ले बँल रेफरी लाई हस्तान्तर गरी खेल शुरू गराएका थिए।
भोली को खेल प्रतियोगिता संयुक्त युवा परिवार (धनुषा) र न्यु गोर्खा स्पोर्ट्स क्लब (रौतहट) बिच ४:०० देखी हुने छ। आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेसन मधेस प्रदेशका संयोजक महम्मद शाहबुद्धिनले जानकारी दिए ।
चैत १८ गते सम्म प्रतियोगितामा मधेस प्रदेशका आठ वटै जिल्लाका गरि आठ टिम सहभागी छन् । प्रतियोगिताको उपाधिक विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ पुरस्कार पाउने फाउण्डेसनका पर्सा अध्यक्ष धिरज कुमार गुप्ताले जानकारी गराए