
वीरगंज,१६ भदौ
वीरगंज महानगरपालिकाको बोर्ड बैठकमा जसपा र कांग्रेसका सदस्यहरु बिच कुटाकुट भएको समाचार प्राप्त भएको छ।
वीरगंज महानगरपालिका कार्यालयको सभाकक्षमा बसेको बैठकमा जनता समाजवादी पार्टी र नेपाली कांग्रेसका सदस्यहरु बिच कुटाकुट भएको हो ।
स्रोतका अनुसार महानगरपालिका प्रमुख राजेशमान सिंह र उपप्रमुख ईम्तियाज आलम कै अगाडी दुबै दलका सदस्यहरु बिच कुटाकुट भएको हो ।
कार्यपालिका सदस्यहरु बिच कुटाकुट अनियन्त्रित भएपछि बैठक अहिले एक घण्टाको लागी रोकिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




