
वीरगंज, पर्सा
छिपहरमाई गाउँपालिकामा नेपाल बिद्यार्थी संघ गठन भएको छ।
एक कार्यक्रमको आयोजना गरिदै भिसुवा गाउँमा नेपाली कांग्रेस पर्साका सह-सचिव नबिन सिंह को प्रमुख अतिथिमा एवम सो पार्टी कै निवर्तमान सचिव किशोरी साह कानु को विशेष उपस्थितिमा नेपाल विद्यार्थी संघ गठन गरिएको हो।
उक्त कार्यक्रममा छिपहरमाई गाउँपालिकाका सभापती धुरेन्द्र प्रसाद कानु,वडा नम्बर १ का बुथ सभापती पसुपतिनाथ गिरि,गाउँपालिका सचिव रुपेश उपाध्याय,गाउँपालिका सह-सचिव सुरेस कुशवाहा,वडा नम्बर ४ का वडा सदस्य जाल महम्मद जको उपस्थिति रहेको थियो।
नेबि संघ पर्साको सभापती इन्जिनियर रमेश यादवको सभापतित्वमा भएको कार्यक्रममा नेपाल विद्यार्थी संघ समितिका सभापतिको जिम्मेवारी परबेज गद्दी लाइ त्यस्तै राहुल कुमार कानु र लवजित यादवलाई सचिवको जिम्मेवारी दिदै २७ सदस्यको समिती सर्वसहमतिले गठन गरिएको नेपाल बिद्यार्थी संघ पर्साका सचिव फिरोज अन्सारिले जानकारी दिए।




