भुमिहिन सुकुम्बासी,दलित भुमिहिन सुकुम्बासी तथा अवस्थित बसोबासीहरुलाइ गाँस,बास,कपास को माँग गर्दै वीरगंजमा प्रर्दशन

वीरगंज/१९भादौ

भुमिहिन सुकुम्बासी,दलित भुमिहिन सुकुम्बासी तथा अवस्थित बसोबासीहरुलाइ गाँस,बास,कपास को माँग गर्दै वीरगंज मा प्रदर्सन गरेका छन्।

चुरे तथा वन जंगल संरक्षण अभियान पर्सा को आयोजना मा वीरगंज स्थित मुर्लि चौक बाट बिभिन्न नाराहरू लगाउदै जस्तै बन फडानी गर्न पाउदैन , भुमिहिन दलित सुकुम्बासी , भुमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबास लाइ गास,बास, कपास को व्यवस्था गर भन्दै नारा लगाउँदै बिरोध प्रदर्सन गर्दै जिल्ला समन्वय समिति पर्सा को गेट अगाडि कोणसभा परिणत भएको थियो।

कोणसभा लाइ सम्बोधन गर्दै चुरे तथा वन जंगल संरक्षण अभियान का राष्ट्रिय सह-संयोजक रानी राय ले मधेश प्रदेश का मुख्य मन्त्री तथा प्रदेस सांसद समेत लाइ भुमिहिन सुकुम्बासी, भुमिहिन दलित सुकुम्बासी, अव्यवस्थित बसोबास भएकाहरुको समस्या समाधान को लागि पहल गरेपनि सुनुवाई नभएको ले बिरोध कार्यक्रम गरको बताएकी थिइन्।

त्यस्तै कोण सभा सम्बोधन कै क्रममा विजय कुमार पासवानले भुमिहिन सुकुम्बासी, भुमिहिन दलित सुकुम्बासी, अव्यवस्थित बसोबास भएकाहरु लाइ सरकारले जग्गा धनी प्रमाण पुर्जा र गास , बास, कपास को सरकारले व्यवस्था गर्नु पर्ने भनि माँग गरेका थिए।

कोणसभा पश्चात भुमि आयोग पर्सा का अध्यक्ष तबरेज अहमद लाइ ज्ञापनपत्र बुझाइ भुमिहिन दलित, भुमिहिन सुकुम्बासी, अवस्थित जग्गा को समस्याको बारेमा धारणा राखेका थिए।

भुमि आयोग पर्सा का अध्यक्ष तबरेज अहमद के ज्ञापनपत्र बुझदै तथा राखेको धारणा को मन्न गर्दै त्यस्ता ब्यक्तिहरु समस्या चाँडै नै समाधान गर्न तर्फ लागे बताए थिए ।चुरे तथा वन जंगल संरक्षण अभियान पर्सा का सदस्य विजय कुमार पासवान ले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close