लागूऔषध सहित १ जना पक्राउ

खेम राज खनाल मोरङ, बैशाख-२८ गते ।

मोरङ बिराटनगर १३ का २८ बर्षीय बिर नारायण यादवलाई लागूऔषध सहित पक्राउ गरिएको छ ।

सोमबार बेलुका ८ बजे लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ दरैया बस्तीबाट उनलाई लागूऔषध Spascore–von plus ४८ चक्की , नाईट्रोसन ६२ चक्की, Diaiex DX १० बोतल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका यादव उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close